
डाेटी / असाेज संक्रान्तिका दिन मनाईने बुढी पाेल्न पर्व डाेटी लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा आज मनाईदै छ ।
भगवान कृष्णले द्वापर युगमा बाल लिला देखाउनेक्रममा राक्षस कुल कि पुतनाकाे दूध सेवन गर्दै मारेकाे जनविश्वासका आधार राक्षसी पुतनाकाे प्रतिकमा बुढि पाेल्ने गरिने डाेटी के आई सिँह गाउपालिका वडा नं ६ का धर्मराज जाेशी बताउन्छन् ।
हरेक गाउँ टाेलकाे बुढी पाेल्ने स्थान निर्धारित हुन्छ साेहि स्थानमा भाद्र संक्रान्तिका दिन सल्लाकाे लिसाे अर्थात सल्लाकाे हाँगा काटी गाढिन्छ । गाढिएकाे लिसाेलाई बुढि भन्ने गरिने साेहि गाउपालिकाका यज्ञराज भट्ट बताउन्छ ।
बुढि पाेल्ने दिनमा घरमा रहेकाे काक्राे, दूध दहि, फलफुल साग आदि परिकारहरु बुढि नजिक लगिने र बुढिलाई पाेलेपछि प्रसादकाे रुपमा ग्रहण गर्दै रमाईलाे गर्ने प्रचलन रहेकाे डाेटी फलेडी गाँउका बसुदेव जाेशीले बताए । बुढि पाेल्ने पर्व गाउ अनुसार फरक फरक चलन रहेकाे पाईए पनि सुदुरकाे याे माैलिक पर्वकाे रुपमा स्थापित रहेकाे छ ।