युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, ।  घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन दिउँसो २ बजे सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर स्थानीय केशवसिंह महराकी श्रीमती दीपाको घटनास्थलमै मृत्यु भएको हो । मृतकका आफन्त एवं गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार जया घाँस काट्ने क्रममा तीन सय मिटर तल खस्नुभएको थियो । महराका श्रीमान् केशव रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ भने घरमा आठ महिनाका छोरा छन् ।

गत बिहीबार जिल्लाको पाटन नगरपालिका–८ स्थित आरुबाटा भिरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ । विद्यार्थीले भिरमा देखेपछि प्रहरीलाई खबर गरिएको र सो शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । पैदल हिँड्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ ।  बैतडीमा घाँसदाउरा काट्न गएका, बाटो हिँड्दा भिरबाट लडेर अकालमै ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या धेरै छ । चालु आर्थिक वर्षमा भिरबाट लडेर मृत्यु भएका ११ घटना प्रहरीकहाँ पुगेका छन् । योबाहेक धेरै सङ्ख्या प्रहरीमा नपुग्ने गरेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आव २०८१/८२ मा मात्रै  भिरबाट लडेर ११ जनाको मृत्यु भएको छ । चालु आवमा प्रहरीमा खबर पुगेका मात्रै ११ जनाको भिरबाट लडेर तथा एक जनाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो ।

पुर्चौडी नगरपालिकामा एक महिला, सिगास गाउँपालिकामा एक पुरुष, दोगडाकेदार गाउँपालिकामा एक महिला, डिलासैनी गाउँपालिकामा एक महिला, पाटन नगरपालिकामा एक महिला, दशरथचन्द नगरपालिकामा दुई पुरुष, मेलौली नगरपालिकामा एक पुरुष, पन्चेश्वर गाउँपालिकामा एक पुरुष र सुर्नया गाउँपालिकामा दुई महिला गरेर सात महिला र चार पुरुषको मृत्यु भएको छ ।

यस्तै शिवनाथमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । “महिलाको घाँस काट्ने बेला लडेर मृत्यु भएको देखिन्छ । पुरुषहरूको भारी बोकिरहेका वा बाटो हिँड्दा भिरबाट खसेर मृत्यु भएको पाइएको छ,” उहाँले भन्नुभयो, “यस्ता घटना प्रायः भइरहे पनि प्रहरीकहाँ सबै आउँदैनन् ।”गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय