युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर । बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किनुभएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग लगनगाँठो तय भएको थियो ।

फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन् । रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएको छ । आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन् । आफ्नो विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट भाइ (बेहुला) सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताउनुभयो । “सबै तयारी पूरा भइसकेको थियो । भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ,” उहाँले भन्नुभयो, “कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन् ।”

रानाका अनुसार धनगढीमा कोट किनेर बेहुला धनगढीमै बस्ने आफ्नो भान्जाभान्जीको कोठामा खाना खान जानुभएको थियो । “कोट भान्जाभान्जीकै कोठामा राखेर घर जान्छु भनेर त्यहाँबाट निस्केका भाइ त्यसपछि अहिलेसम्म सम्पर्कमा छैन,” उहाँले भन्नुभयो, “के भयो, कुन अवस्थामा छ, हामी अन्योलमा छौँ । कतै केही नराम्रो त भएको छैन भनेर डर पनि लागिरहेको छ ।” सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले जानकारी दिनुभयो । उहाँले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले सम्पर्कविहीन दुलहा खोजीकार्यका लागि मौखिक जानकारी आएको बताउनुभयो । गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय