सिलगढी,
डाेटीमा जिपले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका ३ इठाली बस्ने २५ वर्षीय नविन भण्डारी रहेका छन् ।
घाइते माेटरसाइकल चालककाे टाउको, दाया हात र दुवै खुट्टामा चोट लागेकाे छ । उनलाई उपचारको लागी सुजङ्ग अस्पताल राजपुर पठाएको र अवस्था मध्यम रहेकाे डाेटी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीमाअनुसार आज साढे ६ बजेकाे समयमा दिपायल सिलगढी नगरपालिका ४ कुलपाते स्थित के.आई.सिंह राजमार्गमा दिपायल बाट शिखर नगरपालिका ६ तलकोट तर्फ गईरहेको म. १ ज. २१३ नं. को जिपले विपरित दिशाबाट आईरहेको सु.प.प्र. ०४००१ ब. ०६७ नं. माेटरसाइकललाई ठक्कर दिँदा भण्डारी घाइते भएका हुन् ।
जिप चालक कैलाली घोडाघोडी न.पा. वडा नं. १२ बस्ने अन्दाजी ३०/३२ वर्षीय विर बहादुर चौधरी र जिप प्रहरी नियन्त्रणमा रहेकाे बुझिएकाे छ ।











