सिलगढी /डाेटीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा जिल्लाकाे के.आई. सिंह गाउँपालिका ४ खड्का वाडा बस्ने ४० वर्षीय रम्बा देवी खड्का रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार उनी आज करिव ३ बजेकाे समयमा घरबाट २ कि.मी. टाढा केदारेश्वर सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।
खड्का लडेकाे स्थानबाट करिव २०/२५ मिटर तल खसी लड्न गई मुख, चिउडो, ढाड र दुबै खुट्टामा चोट लागेकाे प्रहरीले जनाएको छ ।
घाईते खड्कालाई उपचारको लागी स्थानिय स्वास्थ्य चौकी वायलमा सामान्य उपचार पश्चात थप उपचारको लागी सुजङ अस्पताल लिएकाे जनाएको छ ।











