बैतडी / बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेको समयमा घाँस काट्ने क्रममा जिल्लाको सुर्नया गाउँपालिका ४ डबराली टाकका केशव सिंह महराकी श्रीमती २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको आफन्त स्राेतले जनाएको छ ।
उनकाे साेही ठाउँ जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएकाे गाउँपालिकाले जनाएको छ । महराकाे अन्दाजी ३ सय मिटर तल खसेकी थिइन् ।
मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घरमा ८ महिने छोरा छ ।











