सिलगढी / डाेटीमा घरकाे पाखाबाट ढुंगा खस्दा छातिमा लागेर एक वृद्ध महिला घाइते भएकी छन् ।
जिल्लाकाे सायल गाउँपालिका ६ बिरकाँडा बस्ने ८० वर्षीय कमली ऐरकाे आफ्नै घरको आगनमा बसेको अवस्थामा घरको पाखा माथिबाट ढुङ्गो खसी छातिमा लाग्दा घाइते भएकी जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । साँझ ५ बजेकाेसमयमा ढुंगा छातिमा लाग्दा उनी घाइते भएकी हुन् ।
उनकाे डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भैरहेको अस्पतालमा खटिएको प्रहरी सहायक हवल्दार भरत बहादुर मल्लले बताए ।











