
कैलाली / कैलालीमा छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
धनगढी उपमहानगरपालिका– १३ राजपुरबाट लागू औषध हित गोदावरी नगरपालिका–५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन्।
यस्तै धनगढी उपमहानगरपालिका– १२ “सी” गाउँबाट सोही ठाउँका २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–१२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएकाे हाे ।
उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।