
सिलगढी /डाेटीमा आगोले जली एक बालिका घाईते भएकी छन् । आगाेले जलि घाइते हुनेमा जिल्लाकाे सायल गाउँपालिका ६ साउद नारा बस्ने कैलाश खातीको ३ वर्षीय छाेरी अन्जली खाती रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीमाअनुसार गएराती आगो खेल्ने क्रममा कपडामा आगो सल्किन गई शरिरको बिभिन्न भागमा जलि बालिका घाईते भएकी जनाएको छ ।
उनकाे आज बिहान सुजङ अस्पताल डोटीमा उपचार सम्भव नभएपछि सामान्य उपचार पश्चात थप उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी कैलाली रिफर गरिएकाे प्रहरीले जनाएको छ ।