डाेटी /डोटीकाे दिपायल सिलगढी नगरपालिका ३ मठ स्थित ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आज ( आइतबार ) जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार सेती नदिको किनार बाट बालुवा लिई दिपायल तर्फ जांदै गरेको सु.प.प्र. ०१००२ त ४६५९ नं. को ट्याक्टर दुर्घटना परी घाइते हुँनेमा कैलाली गोदावरी नगरपालिका वडा नं. ९ गेटा बस्ने २२ वर्षीय नारायण चौधरी रहेका छन् । घाइतेकाे बायाँ खुट्टा,पिठ्यु, टाउकोमा चोट लागेकाे छ। उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल डोटी पठाएको प्रहरीले जानकारी दिएकाे छ । घाइते नारायणकाे स्वास्थ्य अवस्था मध्यम रहेकाे छ ।
दिउँसो साढे ३ बजेकाे समयमा ट्याक्टर उकालोमा चढन नसकि ब्याग हुदां सडक बाट अन्दाजी १० मिटर तल खस्न गई दर्घट्ना भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाेछ ।
ट्याक्टर चालक दिपायल सिलगढी ३ पुल बजार बस्ने २५ वर्षीय सुरेश नेपाली फरार रहेकाले खाेजिकार्य भैरहेको जनाएको छ ।











