सिलगढी / डाेटीमा माेटरसाइकल र ट्रक एकआपसमा ठाेक्किदा एकजना घाइते भएका छन् । आज ( आइतबार ) जिल्ला डोटी जोरायल गाउँपालिका २ थामी डाडा स्थित भिम दत्त राजमार्गमा
दुर्घटनामा परी घाइते हुनेमा माेटरसाइकल चालक जाेरायल ६ का २७ वर्षीय नरेश वि.सि. रहेका छन् । घाइते नरेशकाे दुवै खुट्टा, छाती, कम्मरमा चोट लागेकाे र उनकाे उपचारको लागी छतिवन स्वास्थ्य चौकी बुडर, डोटी पठाएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । घाइतेकाे अवस्था मध्यम छ ।
दिउँसो २ बजेकाे समयमा धनगढी बाट डोटी तर्फ आउदै गरेको नरेश चलाएको सु.प.प्र.०१००८ प ८९५७ नं. को माेटरसाइकल र विपरित दिशा तर्फ जादै गरेको चालक डडेल्धुरा अमरगढी नगरपालिका ६ बस्ने ३३ वर्षीय विक्रम बोहराले चलाएको सु.प.प्र.०१००१ ख ३३६० नं. को ट्रक एक आपसमा ठोक्किदा हुन् ।
त्यस्तै माेटरसाइकल, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।











