
कैलाली / कैलालीमा हाइसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।
कैलाली प्रहरीअनुसार हाइसकाे ठक्करबाट गम्भीर घाइते हुनेमा माेटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी रहेका छन् । घाइते चौधरीको टाउकोमा गम्भीर चोट लागेको र उनको घोडाघोडीमै उपचार भइरहेको जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको माइक्रो बसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे ।
त्यस्तै हाइस चालक सुर्खेतको बिरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापा र हाइसलाई इलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको छ।