बझाङ / बझाङमा घरनजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएकाे छ । बुधबार बिहान जिल्लाको जयपृथ्वी नगरपालिका ५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीकाे घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर ज्यान गएको आफ्न्त स्राेतले जनाएको छ ।
भिरबाट लडेर करिव १०० मिटर तल खस्दा उनकाे घटनास्थमै मृत्यु भएकाे जयपृथ्वी नगरपालिका – ५ का वडा अध्यक्ष प्रेम थापाले बताए ।











