युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी । आज माघ शुक्ल पञ्चमी ! वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ  । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

सरस्वती विद्याकि देवी

सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ। उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने जानकारी दिइएको छ। उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको छ भने हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको छ

विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन्। अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आˆना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो नम्र, शुभ्र गीत कविता स्तवनको रूपमा प्रस्तुत गरेका छन्।

वास्तवमा इहलोकलाई उपभोग गर्न सक्ने र परलोकलाई उज्ज्वल बनाउने पुरुषार्थ सरस्वतीकै असीम कृपा हो। भनिएको छ –

“सुवर्ण पुष्पितां पृथ्वी, विचिन्वन्ति नराःस्त्रय।

शूरश्च कृत विद्यश्च यश्च जानाति सेवितुम्।”

अर्थात् विशाल पृथ्वीमा फुलेको सुनौला फूल तीन जनाले मात्र टिप्न सक्छन्। ती हुन्-

१. शूरवीर

२. आध्यात्म एवं भौतिक विद्या पढेको

३. सेवा नै धर्म हो भनेर समाज सेवामा सरिक हुने।

शौर्य वा पराक्रम आर्जन गर्न ज्ञान नभै सम्भव छैन, परा-अपरा विद्यामा सरस्वतीको दृष्टि अनिवार्य पर्नैपर्छ। सेवाको भाव जगाउन “परोपकार पुण्याय पापाय परपीडनम्”को शारदावाणीलाई अनुसरण गर्नुपर्ने हुँदा सरस्वतीभन्दा महान् कोही छैन।

बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन् कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती। करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम्।।

अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ।

सरस्वती मन्त्र
सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥३।।‌‍‌‌
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५।।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय