युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुुवै किशोरी (फूपुभदैनी नाता पर्ने) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुुलेको हो । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिंदैछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेर विस्तृत जानकारी दिइने बताएका छन् ।

पहिलो भेटमै हत्या

दुुई किशोरीको हत्याको प्रमुुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उनीबीच टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धसम्म पुर्‍याएको थियो । तर, भेट्ने मौका जुरेको थिएन । किशोरको गाउँ ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको ढकारी–८ पल्साता भौगोलिक रुपमा ढाका पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन

अछाममा माघ महिनामा विवाहित छोरीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फूपुुको घरमा पुुगेका थिए ।

फूपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरु शुुक्रबार बिहानै फूपुको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए ।

दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरु भेट भयो । इशरा र उनीसँग टेलिफोन संवाद हुने राजेश (परिवर्तित नाम)ले चुन्नी(दोपट्टा) साटे । त्यसैबेला अर्का किशोर दिपेश (परिवर्तित नाम) इशरासँग आफ्नो पनि प्रेमिका भएको बताउँदै विवाद गरेका थिए । त्यसपछि भने इशरा र राजेश अलि टाढा गएर कुरा गर्छन ।

सरस्वतिले प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या

राजेश र इशरा अलि टाढा गएपछि फूपु सरस्वतीसँग दिपेशको कुराकानी हुन्छ । कुुराकानीका क्रममा दिपेशले प्रेम प्रस्ताव राख्दै इशारा र राजेश जस्तै पछि विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् । प्रहरीलाई दिपेशले दिएको बयानअनुुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले सरस्वतीलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । दिपेशले जबरजस्ती गर्न खोजेपछि उनले प्र्रतिवाद गरिन् । त्यसपछि दिपेशले ढुंगाले हानेर सरस्वतिका निर्मम हत्या गरेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

सरस्वतिको हत्या हुँदासम्म इशरा र राजेशले यो कुुरा थाहा पाएका थिएनन् । सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका दिपेशले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूूलो ढुुंगा खसालेका थिए ।

इशराको पनि विभत्स हत्या

प्रहरीकाअनुसार ढुुंगा खसेको आवाज आएपछि इशरा र राजेश घटनास्थलमा पुगेका थिए । उनीहरुले त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखे । दिपेशले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए । तर, इशराले पत्याइनन् र फूपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताइन् ।

घटना बाहिर आउने डरले दिपेश र राजेशले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाएको प्रहरीको अधिकृत बताउँछन् । त्यसपछि प्रेमी राजेश र दिपेश मिलेर इशराको पनि निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सरस्वतिको हत्या दिपेशले गरेका हुन् भने इशराको हत्या दुवैजनाको योजना अनुसार भएको प्रहरीले बताएको छ ।

घटना भवितव्य देखाउने प्रयास

प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीर माथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ ।

हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौँ ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीको अनुसन्धानले गति लियो । त्यो दिन घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्ने क्रममा प्रहरीले दुुवै जना किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुुद्दा दर्ता गरेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । याे समाचार अन्लाईनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय