सिलगढी / डाेटीमा माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा माेटरसाइकल चालक दिपायल सिलगढीका ४ का २६ वर्षीय पवन खड्का पछाडी सवार साेही नगरपालिका ३ का २० वर्षीय बिकाश भण्डारी, वडा नम्बर ५ का २० वर्षीय दिपेश भण्डारी रहेका छन् ।
आज बिहिबार साँझ ७ बजेकाे समयमा दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा एयरपोर्ट बाट पिपल्ला बजार तर्फ जाँदै गरेको माेटरसाइकल दुर्घटना परी उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
पवनले चलाएको से ६ प ७२५७ नम्बरको माेटरसाइकल तिव्र गतिका कारण अनियन्त्रित भई पल्टिएकाे प्रहरीले जनाएको छ । घाइते तीनै जनाकाे शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेकाे छ । सबैकाे अवस्था सामान्य रहेकाे जनाएको छ ।











