अछाम / अछाम जिल्लाको कमलबजार नगरपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साेही ठाउँ मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान करिब ११ः५० बजेको समयमा मृतक महिलाले घाँस काट्न जानका लागि बाटो क्रस गर्ने क्रममा माेटरसाइकलले ठक्कर दिएकाे प्रहरी जनाएको छ ।
प्रहरीले तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मण बहादुर शाही र उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएकाे छ ।











