काठमाडौँ , खप्तड युवा समाज त्रिवि डाेटीद्वारा दीप प्रज्वलन गरिएकाे छ । आज साँझ सहिद दिवसकाे अबसर पारी त्रिवि शिक्षाशास्त्र संकाय अवस्थित सहिद ईश्वरीदत्त शर्माकाे शालिकमा दिप प्रज्वलन गरिएकाे हाे ।
शर्मा त्रिविमा अध्ययनरत हुँदाकाे बखतमा विद्यार्थीका हकहितकाे लागि दिएकाे याेगदान प्रति सम्मान प्रकट गर्दै दिवसकाे अबसरमा दीप प्रज्वलन गरेकाे खप्तड युवा समाज त्रिवि डाेटीका अध्यक्ष पदमराज दाहालले बताए । उहाँले भने,” हामी शर्मा प्रति सदैव सम्मान प्रकट गर्ने छाैँ, उहाँले विद्यार्थीकाे हकहितकाे लागि दिएकाे बलिदानकाे उच्च सम्मान छ ।”
साथै दीप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दिर्घराज भट्ट, खप्तड युवा समाजका पदाधिकारी लगायतकाे सहभागीता रहेकाे थियाे ।
२०४७ असार ५ गते मृत्यु भएका शर्माकाे घर डाेटी जिल्लाकाे सायल गाउँपालिका हाे । उनकाे तत्कालीन समयमा चर्किएको आन्दोलनममा सुरक्षाकर्मीकाे लाठी चार्जबाट घाइते भइ उपचारत अबस्थामा मृत्यु भएकाे थियाे ।











