युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी । डोटी कारागारको कैदी राख्ने क्षमता २५ जना मात्रै छ । तर सो कारागारमा हाल ६१ जना बढी कैदी बन्दीहरू राखिएका छन् । कारागारको क्षमता २५ जना रहेको कारागार कार्यालयका सूचना अधिकारी शारदा अवस्थी बताउँछिन् ।

‘क्षमता त २५ जनाको मात्रै हो तर कैदी र थुनुवा गरी हाल ६१ जना छन्’ उनले भनिन् ‘यसमा कैदी एक महिला ४२ र थुनुवा एक महिला १९ जना रहेका छन् ।’

कारागारमा रहेका कैदीबन्दीहरुमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका आरोपीहरू रहेका छन् । ‘जबरजस्ती करणीको मुद्दामा १३ कैदी र ६ थुनुवा छन्’ सूचना अधिकारी अवस्थीले भनिन् ‘जबरजस्ती करणी/हाडनाता करणीमा दुई कैदी र तीन थुनुवा छन् ।’

उनले जबरजस्ती करणी, बालबिवाह र बहुविवाहको मुद्दामा एक कैदी रहेको बताइन् । यस्तै, जबरजस्ती करणी उद्योगमा दुई कैदी रहेका छन् ।

अवस्थीका अनुसार कर्तव्य ज्यान मुद्दामा ११ पुरुष र एक महिला गरी १२ कैदी र नौ पुरुष र एक महिला गरी १० थुनुवा रहेका छन् । सवारी ज्यानमा पाँच, चोरी र हातहतियार सम्बन्धी मुद्दामा दुई, खोटा चलन र बैङ्किक कसुरमा दुई, लागु औषधमा दुई र घरेलु हिंसामा एक जना कैदी रहेका छन् ।

जीर्ण भइसकेको साँघुरो भवनमा भवनमा क्षमताभन्दा धेरै बढी कैदी राख्नु पर्दा समस्या भइरहेको बताउँछन् कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटी । उनले देशैभरका कारागारहरूले क्षमता भन्दा बढी कैदी बन्दी राख्नु परिरहेको बताए ।

‘एउटै कोठामा सात–आठ जना कैदी बन्दीलाई राखेर व्यवस्थापन गर्नु परेको छ’ उनी भन्छन्, ‘कारागारमा खेल्ने आँगन पनि साँघुरो छ, सबै कैदीहरुलाईसँगै बस्ने समेत ठाउँ हुँदैन आँगनमा ।’

बालसुधार गृहमा पनि अवस्था उस्तै

सुदूरपश्चिम प्रदेशमै एउटा मात्र बाल सुधार गृहको अवस्था पनि उस्तै छ । साबिकको महिला तथा बालबालिका कार्यालय डोटीको भवनमा स्थापना गरिएको बाल सुधार गृहमा २५ जना बालक राख्ने क्षमता छ । तर, सुधार गृहमा हाल ६३ जना रहेको सुधार गृहका प्रमुख सानुमाया लिम्बूले जानकारी दिइन् ।

उनका अनुसार अदालतबाट कसुर प्रमाणित भएका ३८ जना र पुर्पक्षका लागि २५ जना कानुनी विवादमा परेका बालकहरू सुधार गृहमा रहेका छन् ।

बाल सुधार गृहमा पनि जबरजस्ती करणीको विवादमा ३७ र जबरजस्ती करणी उद्योगको विवादमा दुई गरी ३९ बालक रहेका छन् । यस्तै, कर्तव्य ज्यानमा १६, ज्यान मार्ने उद्योगमा तीन, डाँका र चोरीमा चार र लागु औषधमा एक बालकहरू सुधार गृहमा रहेको लिम्बुले बताइन् ।नेपालप्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय