सिलगढी / डाेटीमा माेटरसाइकलले एक बालकलाई ठक्कर दिएकाे छ । आज साेमबार करिब पाँच बजेकाे समयमा से ५ प १३८२ नं. को माेटसाइकलले शिखर नगरपालिका ६ अडेउल बस्ने गणेश बहादुर सिंहका १४ वर्षीय छाेरा रिवाड सिंहलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
माेटसाइकलकाे ठक्करबाट सिंहकाे बाँया हातमा चोट लागि स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाएको छ ।
बालकलाई डा.के.आई सिंह राजमार्ज अन्तर्गत साेही ठाउँ अडेउल बजार स्थित दिपायल देखि डडेल्धुरा तर्फ जादै गरेको चालक दिपायल सिलगढी नगरपालिका १ तिखा बस्ने २९ वर्षीय शैलेन्द्र खड्काले चलाएकाे माेटरसाइकलले ठक्कर दिएकाे हाे ।











