सिलगढी / डाेटीमा एक सुत्केरी महिलाको हेलीद्धारा उद्धार गरिएकाे छ ।
आज (आइतबार ) जिल्ला डोटी बडिकेदार गाउँपालिका वडा नं. ५ केदारमाण्डौ बस्ने लक्ष्मण पुन मगरको श्रीमती २३ वर्षीय बिष्ना देवी पुन मगरलाई नेपाली सेनाकाे हेलिकप्टरमार्फत उद्वार गरिएकाे हाे ।
सुत्केरी बेथाले सुत्केरी हुन नसकी अचेत अवस्थामा रहि स्थानिय सामुदायिक स्वास्थ्य ईकाई सिडिखेतमा उपचारत मगरलाई आज बिहान साढे १० बजेकाे समयमा उद्वार गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
मगरकाे अहिले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरकाे छ ।











