युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, माघ १० गते ।  बैतडी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम सुरु भएसँगै त्यहाँका छ हजार घरधुरीमा बिजुली बलेको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये हालसम्म २७ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् । चालु आर्थिक वर्षमा थप आठ हजार घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ विद्युतीकरणको काम भइरहेको छ ।

बैतडीलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यका साथ तल्लो स्वराड क्षेत्र, सिगास र पुर्चौडी क्षेत्रमा प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छ हजार घरधुरीमा नयाँ लाइन विस्तार गरेर बिजुली बालेका छौँ । चालु आवमा थप आठ हजार धरधुरीमा बिजुली बाल्छौँ । २०८२ सालभित्र बैतडीमा एउटा पनि घर अँध्यारो नरहने गरेर पूर्ण विद्युतीकरण गर्छौं । बिजुली बाल्न पाटन नगरपालिकाको पाटन, दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा, सिगास गाउँपालिकाको वृन्दावन र मेलौली नगरपालिका गरेर चार ठाउँमा ३३/११ केभीका सबस्टेसन निर्माणको काम भइरहेको छ । ठेक्कामार्फत बिजुलीका पोल र तार तान्ने काम धमाधम भइरहेको छ ।”

चार वटा सबस्टेसनमध्ये पाटन र मेलौली नगरपालिकास्थित ३३ केभी सबस्टेसन निर्माण, प्रसारणलाई विस्तारको काम सम्पन्न भएर स्विचयार्ड मेसिन जडानको काम बाँकी रहेको इन्जिनियर पौडेलले जानकारी दिनुभयो । वृन्दावन र दोगडाकेदारमा सबस्टेसनको भवन निर्माण भइरहेको छ ।

उद्यमीका लागि बिजुलीको क्षमता वृद्धि 

ग्रामीण क्षेत्रमा विद्युतीकरणसँगै सहरी क्षेत्रमा विद्युत्को क्षमता वृद्धि गरिएको छ । बैतडी सदरमुकामको गढी, गोठालापानी र शाहीलेक बजार क्षेत्रको नाङ्गो तार प्रतिस्थापन गर्दै प्लास्टिक कोडेट केबुल तार विस्तार गरी चौबिसै घण्टा चाहे जति विद्युत् दिन सक्ने गरी लाइनको क्षमता वृद्धि गरिएको बैतडी वितरण केन्द्रका प्रमुख इन्जिनियर पौडेलले जानकारी दिनुभयो ।

इन्जिनियर पौडेलले उद्योग, साना कलकारखाना सञ्चालन गर्न सदरमुकामसँगै देहिमाडौँ बजार, पाटन र खोड्पे बजारको लाइन सुधार गर्ने काम भइरहेको बताउनुभयो । बजार क्षेत्रका लागि छुट्टै फिडरको व्यवस्था गरेर नाङ्गो तार प्रतिस्थापन गर्न एक करोड २५ लाख रुपियाँको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको वितरण केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न बजार क्षेत्रमा मिल, फर्निचर, ग्रिल जस्ता साना उद्योग सञ्चालनमा रहेका छन् । बजार क्षेत्रको विद्युत्को क्षमता वृद्धि र लाइन सुधार भएपछि उद्यमीलाई सहज भइरहेको मसला उद्योगका सञ्चालक मोहिक भण्डारीले बताउनुभयो ।    गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय