
डाेटी /डाेटीमा घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएकाे छ ।
आज ( मंगलबार) जिल्लाकाे बडिकेदार गाउँपालिका वडा नं. २ पातलपुरान बस्ने सरीता घर्ती मगरको ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
साँझ साढे ५ बजे बच्चाले आगो ताप्ने क्रममा आगो खेल्दा घरमा आगलागि भएकाे हाे । आगलागीबाट घर भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ता कपडा, फर्निचर लगायतका सामग्री जलेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
घर पूर्ण रूपमा जलेकाे छ । मानवीय र चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लिइसकेको जनाएको छ ।