सिलगढी /डाेटी जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका ३ धुलाचौरमा गएराती बाेलेराे जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
गएराती ९:४५ बजेकाे समयमा जिप दुर्घटना परी घाइते हुनेमा साेही ठाउँ बाेगटान कानाचौर बस्ने ३० वर्षीय ज्ञान कुमारी बोहरा सप्तरी जिल्लाकाे कंकाली नगरपालिका ४ बस्ने २४ वर्षीय काजल मण्डल रहेकी जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
बाेहराकाे दुबै खुट्टा र घाँटीमा चोट लागेकाे र स्वास्थ्य अवस्था मध्यम रहेकाे छ । त्यस्तै मण्डलको दाँया आँखा, टाउको र दाँया हातमा चोट अवस्था मध्यम रहेकाे जनाएको छ ।
घाईते दुबै जनालाई स्थानिय स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागी धनगढी तर्फ रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
दिपायलबाट कानाचौर तर्फ जाँदै गरेको डोटीकाे जोरायल गाउँपालिका १ गैरा बस्ने २६ वर्षीय अर्जुन मल्लले चलाएको से १ ज ८३८ नं. को बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएकाे भट्टराईले बताउनुभएकाे छ । जिप सडकबाट करिव २० मिटर तल खसेकाे छ ।
चालक मल्ल उपचारमा संलग्न रहेकाे प्रहरी स्राेतले जनाएको छ ।











