
डाेटी / डाेटीमा भिरबाट लडेर एक बालक घाइते भएका छन् । सनिवार दिउँसो २ बजेकाे समयमा जिल्लाकाे शिखर नगरपालिका ११ किमडा बस्ने डम्मर किमाडीकाे छोरा ६ वर्षीय सुमन किमाडी घर नजिकैको जंगलमा लडेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
बालक किमाडी आफ्नी आमासँग दिउँसो बाख्रा चराउन गएको बेला भिरबाट लडेर अन्दाजी २०/२५ मिटर तल खसी घाइते भएका हुन् । उनकाे टाउको, छाती र कम्मरमा चोट लागेकाे र स्वास्थ्य अवस्था मध्यम रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो । बालक किमाडीकाे डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।