सुवास नेपाली
सिलगढी /डोटीको पुर्वीचाैकी गाउँपालिका १ लाई ‘बालमैत्री स्थानीय शासन ’ वडा घोषणा गरिएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका ताेकेबमाेजिम सबै मापदण्ड तथा सुचकहरू पुरा गरेर सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खडकाले बालमैत्री स्थानीय शासन ’ वडा घोषणा गरेका हुन् ।
बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता, अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया व्यवहारमा संस्थागत गर्ने भएकाले बालमैत्री वडा घोषणाकाे आफ्नै महत्त्व रहेको उद्घाटन गर्दै मत्री खडकाले बताए ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत मापदण्ड अनुसार ५१ वटा सूचक मध्य पालिकाले ४६ वटा सुचक पूरा गरेर वडा बालमैत्री घाेषणा गरेकाे हाे ।
हरेक बालबालिकाले स्वस्थ्य जीवन बिताउने र शारीरिक, मानसिक, र सामाजिक विकासको अवसर आउने उनीहरूको अधिकार भएका कारण बालबालिकालाई कुनै पनि प्रकारको शोषण,बलात्कार, वा हिंसाबाट सुरक्षित रहनु अहिलेको चुनौती देखिएक पूर्वीचाैकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । साथै बाल बचाउ,बाल संरक्षण,बाल विकास र बाल सहभागिताका लागि विशेष प्राथमिकता दिदै ५१ सूचकमध्ये ८८ प्रतिशत प्रगति हासिल गर्न पालिकाले विभिन्न गतिविधि संचालन गरेको पालिका अध्यक्ष उपाध्यायले बताएका छन् ।
संवैधानिक र कानुनी रुपमा स्थापित भएको बाल अधिकारलाई व्यवहारिक रुपमा अभ्यास, अनुभूति र प्रयोग भएको सुनिश्चित गर्न नेपाल सरकारले विभिन्न रणनीति, कार्यविधि ल्याएकाले त्यसकाे प्रभावकारी कार्यान्वयन आवश्यक रहेकाे जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताए ।
सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०७८ र घोषणा कार्यविधि २०६९ जारी गरेकाे छ ।
सरकारले २०८७ सम्म नेपाललाई बालमैत्री स्थानी शासन घोषणा गर्ने राष्ट्रिय लक्ष्य लिएको छ ।
गाउँपालिकाको सहकार्य, वर्ड भिजन इन्टरनेशनल नेपाल, समान पहुँच विकास केन्द्र (सिड) नेपाल र सामुदायिक विकास केन्द्रकाे साझेदारीमा बालमैत्री वडा घाेषणा गरेकाे हाे ।











