अछाम / बँदेलको आक्रमणमा परी अछाममा एक किशोरी घाइते भएकी छन । घाइते हुनेमा जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान कि १८ वर्षिया सुस्मिता धामी रहेकी छन् ।
अछाम प्रहरीकाअनुसार घर नजिकै रहेको घुसुल्ले वनमा बाख्रा चराउने क्रममा बँदेलले आक्रमण गरी धामी घाईते भएको हुन् ।
उनको टाउको, दाहिने खुट्टाको तिघ्रामा चोट र अवस्था मध्यम रहेको रहेको छ । उनको बयालपाटामा अस्पतालमा उपचार भईरहेको प्रहरी स्राेतले जनाएको छ ।











