डाेटी /डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका ६ गगुडाका दुई जनालाई घरमै अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । साेमबार ४५ वर्षका गणेश बहादुर चन्द र ४ वर्षका विक्रम बोगटीलाई घरमै परिचयपत्र उपलब्ध गराइएको वडा कार्यालयले जानकारी दिएकाे छ ।
वडा अध्यक्ष अध्यक्ष श्याम बोगटीकाअनुसार दुवै जना पूर्ण अशक्त भएका कारण गाउँपालिका कार्यालयमा जान सक्ने अवस्था नभएपछि गाउँपालिसँगको सहजीकरणमा घरमै अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको हाे ।
केही दिन अघि गाउँपालिकाका डाक्टर संजित यादव र महिला तथा बालबालिका शाखा प्रमुख कल्पना केसीको टोलीले अशक्तहरूको शारीरिक अवस्थाको चेकजाँच गरेपछि उनीहरूलाई क वर्गको अपांग परिचयपत्र दिइएको वडा अध्यक्ष बाेगटीले बताउनुभयो ।
आगामी दिनहरूमा पनि उक्त अभियानलाई निरन्तरता दिने उहाँकाे भनाई छ ।











