सिलगढी / त्रिभुवन विश्वविद्यालयले डाेटी बहुमुखी क्याम्पसमा पुनः क्याम्पस प्रमुख दिलानन्द जाेशीलाई नियुक्त गरिएकाे छ । हिजाे ( आइतबार ) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जाेशीलाई पुनः क्याम्पस प्रमुखकाे जिम्मेवारी दिएकाे हाे । त्यस्तै जाेशीले क्याम्पस प्रमुखकाे दाेस्राे कार्यकाल सम्हाल्न पाउनु भएकाे छ ।
हिजाे बसेकाे त्रिवि परिषद्काे बैठकले जाेशीसहित देशका विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ।
क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविले जनाएको छ ।











