सिलगढी / डाेटीमा पहिलाे पटक “पद्म पब्लिक प्रिमियर कप -२ ” जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दिपायल सिलगढी नगरपालिका ६ जिल्ला सदरमुकाम अवस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको आयोजनामा आगामी आगामी माघ १६ गतेदेखि २० गतेसम्म खेल सञ्चालन हुनेभएकाे हाे । खेल सदरमुकाम अवस्थित सिलगढीको टुँडिखेल मैदानमा हुने भएकाे छ । आज बुधबार आयाेजक विद्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएकाे हाे ।
विद्यालयका प्रधानाध्यापक केशवराज ओझाकाअनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ सय ५५ र ट्रफी रहेको बताए । त्यस्तै द्वितीय पुरस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतीय पुरस्कार रु. ११ हजार १ सय ११ रहेकाे बताएका छन् ।
ओझाले भने,” म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, प्रत्येक खेलका म्यान अफ दि म्याच लगायतका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था छ ।”
त्यस्तै खेल नकआउट चरणमा हुने भएकाे छ । सहभागी इच्छुक विद्यालयले आगामी माघ १० गतेभित्र टिम दर्ता गर्न सक्ने छन् ।
प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने छन् भने सहभागी विद्यालयको टोलीमा समावेश भएको विद्यार्थी सोही विद्यालयमा अध्ययनरत हुनुपर्ने आयाेजकले जनाएको छ ।
साथै प्रतियोगिताले विद्यार्थीकाे प्रतिभा पहिचान गर्न र विद्यार्थीहरूको सम्भावनालाई उजागर गर्ने उद्देश्यले खेलकाे आयाेजना गरेकाे विद्यालय खेल संयाेजक हिक्मशाहीले बताए ।
आयाेजित प्रतियोगितामा जाेडिन पाउँदा खुसी व्यक्त आफू पूर्व खेलाडी भएकाले खेल र खेलाडीको विकासका लागि हुन गैरहेकाे प्रतियोगिता भव्य तरिकाले सम्पन्न गर्न भरपुर सहयोग गर्ने दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।
प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र ९ ले पनि आर्थिक सहयोग गर्ने भएका छन् ।











