डाेटी /डाेटीमा खाना पकाउने क्रममा एक घरमा आगलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार शुक्रबार साँझ सात बजेकाे समयमा जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका २ घाटहाल्ना स्थित भिम बहादुर बोहराको एक तले खरले छाएको घरमा आगलागी हुँदा ४ लाख रूपैयाँकाे क्षति भएकाे जनाएको छ ।
उक्त आगलागीबाट घरभित्र रहेका भाडा वर्तन, खाद्यन्न, लत्ताकपडा, काठ फर्निचरहरु जले घर पूर्ण रुपमा जलि क्षेती भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
आगलागीबाट मानवीय र चौपाया क्षेती नभएको जनाएको छ । आगाे स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।











