सिलगढी / साेमबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा दाेस्राे पट हिमपात सुरू भएकाे छ ।
यस वर्ष छिट्टै दाेस्राेपटक हिमपात भएकाे खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा करि १ फिट हिउँ जमेकाे छ । हिउँ पर्न सुरूभएपछि चिसाेका कारण जनजीवन प्रभावित भएकाे कार्यालयका कर्मचारीकाे भनाइ छ ।
साथै जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका २ झिग्राना आसपासका क्षेत्रमा पनि हिउँ पर्न सुरू भएकाे स्थानीय शिक्षक मिनराज ओझाले बताए ।
यस वर्ष खप्तड राष्ट्रिय निकुञ्ज लगायत डाेटीमा गत मंसिर २४ गते पहिलाे पटक हिमपात सुरू भएकाे थियाे ।
यसरी बेलाबखतमा हिमपात भैरहेकाले किसान हिउँदे बाली सप्रिने आशाले खुसी भएका छन् ।











