सिलगढी /जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भइ विस्तारै मुलुक भरि फैलिने क्रममा रहेको रहेकाे छ ।
गएराति कणाली प्रदेशमा पनि फैलिएकाे र विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने भएकाे छ ।माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने भएकाे छ ।
महाशाखाकाअनुसार दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने भएकाे छ । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाे तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाकाले जनाएको छ ।











