काठमाडौ /नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा जनकपुरलाई १८५ रनकाे लक्ष्य दिएकाे छ ।
पहिलो विकेटका लागि ११७ रनका साझेदारी भएको थियो। त्यसपछि सुदुरपश्चिमले लगातार विकेट गुमाउने पर्याे ।
सुदूरपश्चिमका लागि प्राम्भिक ब्याटर सैफ जैबले अर्धशतक तथा ४३ बलमा ८ चौका र २ छक्काको मद्दतले ६९ रन बनाए।
त्यस्तै, विनोद भण्डारीले ४१, ब्रान्डन म्याकमुलन र हरमित सिंहले १४-१४ रन तथा स्कट कुगेलिनले १३ रन बनाए। अन्य खेलाडी ठूलो सट प्रहार गर्ने प्रयासमा एकपछि अर्को गर्दै आउट भए।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन-तीन तथा जेम्स नशिम र ललित राजवंशीले एक–एक विकेट लिए।











