मनमाेहन ठकुल्ला, सिलगढी / शैक्षिक गुणस्तर परीक्षण केन्द्रकाे मापनअनुसार पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय प्रथम भएकाे छ ।
परिक्षण केन्द्रले दिपायल सिलगढी नगरपालिका भित्रका विद्यालयहरूमा, विद्यालय शिक्षाको उपलब्धी र कार्यसम्पादन परीक्षण गर्दा सदरमुकाम अवस्थित पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय ८२.०९ प्रतिशत अंक प्राप्त गरी प्रथम भएकाे हाे ।
पालिकाले उपलब्ध गराएकाे सूचनाअनुसार परीक्षण केन्द्रमार्फत विद्यालयको समग्र पक्षको अनुगमन पश्चात् दाेस्राे स्थानमा वडा नम्बर ८ अवस्थित सुनादेवी माविले ६१.३० प्रतिशत अंक प्राप्त गरेकाे छ ।
त्यस्तै साेही ठाउँ नारीदाङ अवस्थित चाैखान माविले ५९.९६ प्रतिशत
अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेकाे छ ।
त्यसपश्चात क्रमशः दिल्पेश्वर मावि दिपायलले ५७.७९ प्रतिशत, तेडी मावि कलेनाले ५६.२५ प्रतिशत, दुर्गा मावि पाकरीले ५५.५९ प्रतिशत
कुमालीकोट माविले ५०.०९ प्रतिशत, मगलेक माविले ४१.६६ प्रतिशत , सबै भन्दा कम देवी माविले ३६ . ९१ प्रतिशत अंक प्राप्त गरेकाे छ ।











