डाेटी / राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको जिल्ला सभापतिमा केशब बलायर चयन भएका छन् । बुधबार सम्पन्नभएकाे प्रथम जिल्ला भेलामा बलायर सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । जिल्ला भेला हुनुभन्दा अघि रास्वपाले बलायरलाई संयाेजककाे जिम्मेवारी ताेकेकाे थियाे ।
त्यस्तै पार्टीकाे उपसभापतिमा धन बहादुर बोहरा, सचिव पदमा केशव परियार, सहसचिवमा जानकी कुवंर ( खड्का) निरविरोध चयन भएका छन् । त्यस्तै सदस्यमा शारदा श्रेष्ठ, कविराम खत्रि, टेक बोगटी
सन्तोष भण्डारी,तेज किमाडि, मोहना साउद, कैलाश साउद सर्वसम्मत चयन भएका छन् ।
जिल्ला भेला संस्थापक केन्द्रिय सदस्य माननीय गणेश पराजुलिको प्रमुख सहभागीतामा सम्पन्न भएकाे रास्वपा डाेटीले जानकारी दिएकाे छ ।











