बझाङ /बझाङ जिल्लाकाे धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आज (मंगलबार ) साँझ ५:७ मिनेटमा धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसी बेलाबखतमा भुकम्प गैरहदाँ स्थानीय त्रसित भैरहेका छन् ।
यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो।











