सिलगढी / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने भएकाे छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हिजो शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ ।
महाशाखाकाअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने जनाएको छ ।











