दार्चुला / दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका–५ मल्तडी बस्ने ३१ वर्षीय बिरराम लुहार रहेका छन् ।
उनकाे आफन्तलाई लिन जाने क्रममा घरबाट अन्दाजी ५ सय मिटर टाढा रहेको जेवलाधार भिरबाट लडेर मृत्यु भएकाे दार्चुला प्रहरीले जनाएको छ । मृतक लुहार सडकबाट १५० मिटर तल सेर मृत्यु भएकाे हाे ।











