बझाङ / बझाङमा भुकम्प गएकाे छ । आज बिहान ११ बजेर २ मिनेट समयमा जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
यसअघि अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।











