कैलाली / कैलालीमा १ करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शनिबार जिल्लाकाे भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे हाे ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय रुपियाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीकाले जनाएको छ ।
घटनाबारे थपअनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।











