कैलाली / कैलालीमा खैरो हेरोइनसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ भाटभटेनी नजिकबाट २७ वर्षीय महेश भट्टलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएकाे कैलाली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीले कार्यालय कैलालीकाअनुसारधनगढी उपमहानगरपालिका–१२ बाट पट्टीघाटका १८ वर्षीय राजेश राना, सोही स्थानका २५ वर्षीय राम गोपाल रानालाई १ ग्राम ३४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ भने यसैगरी धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिकबाट सोही स्थानका २८ वर्षीय गोपाल रामजालि मगर ५१० मिलिग्राम र धनगढी–८ संगम टोलका २८ वर्षीइ सुरेश चौधरी १ ग्राम ५९० मिलिग्राम तथा धनगढी–१ का २८ वर्षीय मनिष चौधरी १ ग्राम ८४० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएकाे छ ।
त्यस्तै जानकी गाउपालिका–९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई पनि ३ ग्राम ९८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएकाे छ ।











