कैलाली / कैलालीबाट डडेलधुरा आउदै गरेकाे ट्रक भासु भिरमा दुर्घटना भएको छ।
शनिबार बिहान करिव ४:४५ बजेकाे समयमा कैलालीको चुरे गाउँपालिका-५ भासु भिरबाट सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक करिव ७ सय मिटर तल खसेकाे कैलाली प्रहरीले जनाएको छ ।
प्रहरी स्राेतकाअनुसार ट्रक पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने नभएको जनाएको छ। यसबारे थप विवरण आउन बाकी रहेको बताएको छ।











