सिलगढी/ माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेने महाशाखाले आजकाे बुलेटिनमा उल्लेख गरेकाे छ ।
महाशाखाकाे प्राप्त बुलेटिनकाअनुसार आज शुक्रबार दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, शुक्रबार राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।











