दार्चुला/ दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ बङ्गाबगरमा
छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार आफ्नै घरको छतबाट खसेर मृत्यु हुनेमा मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास गर्दै आएका ३६ वर्षीय राजेन्द्र महता रहेकाे दार्चुला प्रहरीले जनाएको छ ।
उनकाे छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।











