दार्चुला-दार्चुलाकाे शैल्यशिखर नगरपालिका -६ ग्वानीको सिराडी धारमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
आज शुक्रबार बिहान करिव ३ बजेकाे समयमा मालिकार्जुन गाउँपालिका-०३ मडमा लागेकाे (मालिकार्जुन) जात्राबाट फर्केर गोकुलेश्वर तर्फ जादै गरेको म १ ज ३३८ नम्बरको बन्दबोडी जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीकाअनुसार जीप सडक बाट करिब ३ सय मिटर तल खसेको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेका छन् । घटनाकाे थप विवरण आउन बाँकी रहेकाे स्राेतले जनाएको छ ।











