बैतडी / बैतडी जिल्लाको मेलौली नगरपालिका–४ मा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। घाइते हुनेमा साेही ठाउँ कि ३० वर्षीया निर्मला चन्द रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार चन्द भिरमा खर काट्नेक्रममा लडेर घाइते भएकी बुझिएकाे छ । उनलाई उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।