युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।

काठमाडाैँबाट महोत्तरी जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नं. को बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साइडमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये २८ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ । जसमध्ये  १३ जनाको अवस्था मध्यम र १५ सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मनहरी अस्पतालमा तीन जना र हेटौँडा अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेहरू महोत्तरी मटियानी नगरपालिका–७ बस्ने २४ वर्षीय हरि शङ्कर प्रसाद मण्डल, जलेश्वर नगरपालिका–९ बस्ने २४ वर्षीय राज कुमार साह, २८ बर्षिया अनु राय, २१ वर्षीया खुसी कुमारी पाण्डे, धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने २० बर्षिया भिमा ठाकुर, महोत्तरी बगाह नगरपालिका–१ बस्ने ६१ वर्षीय दिनेश चौधरी, महोत्तरी जलेश्वर नगरपालिका–२ बस्ने २० वर्षीया असख साझी, धनुषा जनकपुर उपमहानगरपालिका–९ बस्ने ६० वर्षीया सरोज झा, ९ वर्षीया समृद्धि झा, ४२ वर्षीय किरण झा, ४७ वर्षीया संजिब झा, भारत सीतामढी जिल्ला पिपराथान बस्ने ५५ वर्षीया बेचन महत्तो, धनुषा जनकपुर उपमहानगरपालिका बस्ने १८ वर्षीया अनुपाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

त्यस्तै धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने २८ वर्षीया राजु साह, २५ वर्षीया रुद्रानि राज, धनुषा लक्षिमिहा गाउँपालिका–१ बस्ने ३४ वर्षीया सुन्दर साह, ५ वर्षीय बिराज साह, १२ वर्षीय राज साह, १४ वर्षीय काजल साह, जनकपुर उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय रामभरोस साह, धनुषा बटेस्वर गाउँपालिका–३ बस्ने ३७ वर्षीया रामकृष्ण सिङ, ५ वर्षीय  प्रतिक सिङ, १० वर्षीया कृती सिंङ,  २९ वर्षीया सुजित कुमार महत्तो, .धनुषा नकराईन गाउँपालिका–.६ बस्ने २३ वर्षीय रमेश कुमार ठाकुर, मिथिला नगरपालिका–६ बस्ने २१ वर्षीय  मनोज महत्तो, धनुषा घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय रमा के.सी., धनुषा बटेस्वर नगरपालिका–३ बस्ने ३३ वर्षीय ईन्दिरा कुमारी महत्तो घाइते हुनुभएको हो । उहाँहरुको चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै औराही गाउँपालिका–१ बस्ने ३५ वर्षीय रोशन कु.यादब, देश भारत प्रदेश बिहार मध्यवानि बस्ने ४९ बर्षिये श्याम कुमार ठाकुर, भारत बिहार प्रदेश दभंगा बस्ने ४४ वर्षीय प्रमोद कुमार शर्माको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै उदयपुर उदयपुर गढि गाउँपालिका–६ बस्ने २० वर्षीय रन्जना मगर, काठमाडौँ महानगरपालिका–३१ बस्ने बर्ष ६० वर्षीय बिना देबी, २२ वर्षीय सोनम साह र ३४ वर्षीया अनुपम जैसवाल घाइते हुनुभएको हो । उहाँहरू हेटौँडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भई गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय