काठमाडौं / साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।काठमाडौस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले अग्रता बनाएको थियो। बंगलादेशले गोल गरेको दुई मिनेटमै नेपालकी प्रिति राईले बंगलादेशको पोष्टमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।
दोस्रो हाफको ३७ औँ मिनेटमा बंगालदेशकी रितुपुर्णा चक्माले फेरि अर्को गोल गर्दै बंगलादेशलाई उपाधि जिताएकी हुन् ।