युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
विगत झैँ यसवर्ष पनि प्लाष्टिक फूलका मालाले डाेटीका बजारीय क्षेत्र कब्जा गरेकाे छ। चाडपर्व आएसँगै यस वर्ष पनि तिहारकाे लागि जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा व्यापारीहरूले प्लाष्टिक फूलका माला भित्रिएका छन्। सिलगढी र दिपयालका अधिकांश पसलहरूमा तिहारमा बिक्रीवितरण गर्न व्यापारीहरूले प्लाष्टिकजन्य माला भित्र्याएका हुन् ।

वर्तमान समयमा जिल्लाका अधिकांश क्षेत्रमा किसानहरूले व्यावसायिक रूपमा फूल खेती गर्दै आएका भएपनि आयातित प्लास्टिकका माला भने व्यापारीहरूले बजारमा भरिभराउ भित्र्याएका छन् ।

त्यस्तै प्लाष्टिक फूलका माला बजारमा भित्रएपछि जिल्लामा फूल खेती गर्दै आएका किसानहरूले दु:ख व्यक्त गरेका छन् । जसले गर्दा फूल खेतिका किसानले आफू मारमा परेकाे गुनासाे गरेका छन् ।

आफू जिल्लाकाे मुख्य व्यापारक केन्द्र दिपायल बजारतिर जाँदा बजारमा प्लास्टिकका माला भित्रएकाे शिखर नगरपालिका १० का स्थानीय फूल खेतिका किसान लाेकेन्द्र रावलले बताए । उनकाे यस विषयमा स्थानीय तह तथा सम्बन्धित सराेकारवाला निकाय माैन रहेकाे आराेप छ । उनी थप्छन्,” बजारमा प्लास्टिकका माला भित्रिएसँगै स्थानीय फूल खेति गर्ने किसानहरूलाई ठूलाे घाटा लाग्छ, हाम्रो मेहनत खेर जान्छ , त्याे काेहि बुझ्दैनन् ।”

आफू जिल्ला प्रशासन कार्यालय डाेटीमा हिजाेमात्रै हाजिरी भएका कारण जिल्ला भित्रकाे थप कुरा बुझ्न नपाएकाे प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीले बताएका छन् । प्रमुख अधिकारी थप्छन् ,” स्थानीय तहले पनि आ-आफ्नाे स्थानीय तहमा प्लाष्टिकजन्य मालाहरू बन्द गर्न भूमिका निर्वाह गर्नुपर्ने हाे तर मलाई यस विषयमा थाहा छैन्, अम बुझिहाल्छु ।”

गतवर्षकाे नीतिलाई टेकेर बजारमा प्लाष्टिक फूलका माला प्रतिबन्ध लगाइएको डाेटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले बताए । उनले भने,” हामीले नगर प्रहरीलाई भनेका छाैँ, यस वर्ष सूचना निकाल्ने याेजना थियाे, जिल्ला प्रशासनबाट परिपत्र आएन।”
त्यस्तै गतवर्ष बाणिज्य संघट सूचना निकाले पनि प्लाष्टिक फूलकन माला भने व्यापारीले बिक्रीवितरण गर्दै आएका थिए।

बजारमा प्लाष्टिक फूलकामाला बिक्रीवितरण हुँदै आएकाे भएपनि नगरपालिकाले राेक नलगाएकाे दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले बताए ।

तर कतिपय स्थानीय तहले प्लाष्टिक फूलकामाला बिक्रीवितरण गर्न व्यापारीहरूलाई प्रतिबन्ध लगागाएकाे छ ।

त्यस्तै नेपालकाे संविधान २०७२ काे अनुसूची ८ मा स्थानीय तहकाे अधिकार सूचि अन्तर्गत स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण सम्बन्धी व्यवस्था छ ।

गत वर्षकाे समाचार

डाेटीमा प्लास्टिक फूलका माला व्यापक बिक्रीवितरण हुदै, सराेकारवाला कानमा तेल हालेर सुत्दै

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय